दवावमा परेका प्रचण्ड र ओलीवीच वार्ता, बालुवाटारसँग गले प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेका छन् ।
बालुवाटारस्थित आफ्नै निवासमा ओलीले प्रचण्डसँग मंगलबार पार्टीभित्रको आन्तरिक विवादका विषयमा कुराकानी गरेका हुन् ।
प्रचण्ड निकट मानिने आधा दर्जन बढी सांसदहरूलाई आफ्नो पक्षमा ल्याएर दवाव सिर्जना गरेका ओलीले प्रचण्डसँग सम्वाद गरेका छन् ।
ओली र प्रचण्डवीच के विषयमा कुराकानी भएको हो भनिएको छैन । तर, उनीहरूका वीच ओलीको राजीनामा, स्थायी समितिको बैठक, सचिवालयको बैठक लगायत कसरी सहमति खोजेर जाने भन्नेबारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।
ओली निकटका आधा दर्जन सांसदहरूले प्रचण्डलाई साथ छाडेका छन् । बलियो पोजिशनमा पुगेका ओलीले प्रचण्डलाई कसरी राजनीतिक व्यवहार गर्छन् हेर्न बाँकी छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया