लकडाउनका बेला बालुवाटारले खुमलटारको पखेटाका प्वाँख ‘काट्यो’, तनावमा प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माया गर्दै आएका एक जना मन्त्रीले ‘खुमलटार’लाई ‘लात’ हानेका छन् ।
नेकपाको स्थायी समिति सदस्य समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रचण्डको साथ छाडेका छन् । मन्त्रीले नै प्रचण्डको साथ छाडेपछि बालुवाटारले खुमलटारको पखेटाका प्वाँख काट्न शुरु गरेको चर्चा भएको छ ।
खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउन नेकपाभित्र कसरत चलिरहेका बेला प्रचण्ड निकट मानिने मन्त्री भट्टले खुमलटारको साथ छाडेका हुन् ।
प्रचण्डै सिफारिसमा मन्त्री बनेका भट्टले अचानक क्याम्प परिवर्तन गरेर ओलीको गुटमा प्रवेश गरेका हुन् ।
यसअघि नै प्रचण्डको साथ छाडेर गृहमन्त्री रामबहादुर थापा ओलीको क्याम्पमा पुगिसकेका छन् । थापाकै आग्रहमा भट्टले प्रचण्डलाई छाडेर ओलीको क्याम्पमा प्रवेश गरेको स्रोतले जनाएको छ ।
प्रचण्डको खुमलटारलाई छाडेर दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, देवेन्द्र पौडेलले पनि ओली समूहलाई साथ दिएको स्रोतले जनाएको छ ।
टोपबहादुर रायमाझीले आफू हस्ताक्षर अभियानको पक्षमा नरहेको बताएका छन् । दीनानाथ शर्माले पनि दवाव दिएर बैठक बोलाउने कुराको विरोध गरिसकेका छन् ।
लकडाउनका बेला कोरोना भाइरसको संक्रमणबाट जनताको जीवन रक्षा गर्ने बेला नेकपाभित्र सत्ताको झगडा चलेको छ ।
प्रचण्ड, माधवकुकार नेपाल, बामदेव गौतमसहितका बुहमत नेताहरूले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गर्न दवाव दिइरहेका बेला ओलीले प्रचण्डका सांसद र नेताहरूलाई आफ्नो क्याम्पमा ल्याउन धमाधम पहल थालेका छन् । ओलीको यो कार्यले प्रचण्डलाई आक्रोशित बनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया