धामी प्रकरणमा दोषीलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अछाम जिल्लामा वडाध्यक्ष पदमबहदाुर धामीको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रमुख सचेतक खाँणले बुधबार विज्ञप्ति जारी गरेर पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते राति सुनियोजित ढंगले हत्या गरिएको घटनाप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘जनताद्वारा निर्वाचित जनप्रतिनिधिको हत्या हुन भनेको अत्यन्त दुःखद घटना हो र यस्ता प्रकारका अपराधिक घटनाको नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सकारले शान्ति सुरक्षा कायम गर्नु नसक्नु र आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउनु नसक्नु सरकार कमजोर रहेको यस घटनाले प्रष्ट पारेको छ ।’
‘यस घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको लागि नेपाली कांग्रेस सरकार एवं सुरक्षा निकायसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा खाँणले भनेका छन्, ‘यस्ता प्रकारका घटना पुनः दोहोरिन नदिन तथा शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया