ओलीजी बनभोज गोकर्णमा गर्नुस्, बालुवाटारमा होइनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गोकर्णमा गर्नुपर्ने बनभोज बालुवाटारमै गरेको भनेर ब्याङ्ग्य गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो सरकारी निवासमा रात्रिभोज दिएका थिए । रात्रिभोजको आलोचना भएको थियो ।

सोही क्रममा नेपाली कांग्रेसका नेता खतिवडाले पनि ब्याङ्ग्य गर्दै नेकपाको आचारसंहिताअनुसार बनभोज गर्ने कुरा जायज भएपनि बालुवाटारमा रात्रिभोजका नाममा ‘बनभोज’ गरेको भनेर आश्चर्य व्यक्त गरेका हुन् ।

नेता खतिवडाले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीले नेकपाको आचारसंहिता पालन गर्नुभएछ ।’

‘प्रधानमन्त्री निवासमा, महिनाको एक पटक बनभोज । तर बालुवाटारमा रात्रिभोज गर्नुभएछ’, नेपाली कांग्रेसका नेता खतिवडाले भनेका छन्, ‘सबै भोजभतेरमा खुसी थिए रे । बनभोज त गोकर्णमा नै हो नि ?’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले यती समूहलाई गोकर्ण रिसोर्ट कौडीको भाउमा दिएको भन्दै कम्युनिस्ट सरकारको निर्णयलाई आफ्नो ट्वीटमा ब्याङ्ग्य गरेका छन् ।

Published : Tuesday, 2020 February 4, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया