देश बन्न राजनीतिक शुद्धीकरण हुनुपर्छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग गर्ने बताएका छन् ।

सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को शनिबार काठमाडौंमा लोकार्पण गर्दै पौडेलले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए ।

‘मुलुकमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो’, नेता पौडेलले भने, ‘नागरिकका पक्षमा सरकार गम्भीर बन्नु आवश्यक छ ।’
कांग्रेसका नेता पौडेलले राजनीतिक शुद्धीकरण हुनुपर्ने बताए । त्यसपछि मात्रै देशको विकास द्रुतगतिमा अघि बढ्ने उनले बताए ।

नेता पौडेलले राजनीतिभित्रका बिकृती बिसङ्गतिबिरुद्ध पनि सशक्त रुपमा कलम चलाउन लेखक साहित्यकारहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रियसभा सदस्य ईन्दु कँडरियाले उपन्यासले देशभक्त भावना जागृत गरेको बताइन् ।

साहित्यकार कृष्ण धारावासीले भूमि अतिक्रमणको विषयलाई जोडदार रुपले उपन्यासले उतार्ने कार्य गरेको बताए ।

लेखक वाग्लेले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताए ।

समारोहमा साहित्यकार बद्री पाण्डे, महेश क्षितिज, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले पुस्तकमाथि समीक्षा गरेका थियो ।

Published : Saturday, 2020 February 1, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया