अध्यक्ष ढुंगानाको अभिव्यक्तिले देशभरिका नेविसंघमा खुसीयाली

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समितिका अध्यक्ष राजीव ढुंगानाले तोकिएकै समयमा अधिवेसन गर्न आफू प्रतिवद्द रहेको बताएका छन् ।

तदर्थ समितिले तीन चार दिनमा पूर्णता पाउने उनले बताए । ‘पार्टीमा सहमति भैसकेको छ । दुई तीन दिनमा समितिले पूर्णता पाउँछ’, अध्यक्ष ढुंगानाले भने, ‘तोकिएकै मितिमा अधिवेशन हुन्छ । हामी गर्छौ ।’

‘बिगतमा नभएका उदारहण भएकोले आशंका उत्पन्न भएको हो’, उनले भने, ‘तर पनि हामी त्यसलाई चिर्दै तोकिएकै मितिमा अधिवेशन गर्छौ । म ६ महिनामा अधिवेश गराएरै छोड्छु ।’

उनले उमेरहद १२ औं महाधिवेसनमा लागू हुने भएकोले यसमा अनावश्यक टिप्पणी गर्न आवसश्यक नरहेको बताएका छन् ।

‘यो ११ औं महाधिवेसनको को निरन्तरता हो’, उनले भने, ‘१२औं अधिवेशन हुन नसकेको, ११ औं महाधिवेशनबाट आएको समिति भंग भएको र १ वर्षसम्म पनि नेविसंघले नेतृत्व नपाएको विशिष्ठ परिस्थितिमा आएको नेतृत्व हो यो ।’

‘नेविसंघलाई पनि नेतृत्व दिने र पार्टीसँग पनि समन्वय गर्ने भएकोले पाको नेतृत्व आएको हो’, अध्यक्ष ढुंगानाले भने, ‘११औं महाधिवेशनबाट आएको नेतृत्व र मेरो उमेर कति नै फरक छ र ?’

यसअघि तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि नेविसंघ विघटन गरिएको थियो ।

Published : Saturday, 2020 February 1, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया