फेसबुक, ट्वीटरमा कम्युनिस्ट सरकारले लगायो आर्थिक ‘नाकाबन्दी’

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गरेको छ ।

फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा बुस्ट गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो ।

राष्ट्र बैंकको यो निर्णयलाई फेसबुकसहितका सामाजिक सञ्जालमा कम्युनिस्ट सरकारले आर्थिक नाकाबन्दी लगाएको चर्चा हुन थालेको छ ।

सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले सूचना जारी गरेर गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश गएको बताए ।

पछिल्लो समयमाम सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ ।

कम्युनिस्ट सरकारले यसका लागि नियमन गर्न भन्दै विधयेक संसदमा दर्ता समेत गराइसकेको छ ।

एउटा सामाजिक सञ्जालको प्रयोग नियमनका लागि सरकारले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गरेको विधयेक, २०७५ संसदमा दर्ता गराएको छ । यो विधयेक संसदीय समितिबाट पारित भइसकेको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत करको दायरामा ल्याउने व्यवस्था समेटिएको विज्ञापन नियमन ऐन पनि लागू भइसकेकको छ ।

यो ऐनमा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत नियमन गर्ने व्यवस्था गरिएको छ ।

Published : Friday, 2020 January 31, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया