पूर्वमन्त्रीका पीए दम्पत्तिको बाथरुममा निधन

काठमाडौं । पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव हस्त गर्बुजा मगर र उनकी पत्नी नेत्रकुमारी मगरको निसासिएर मृत्यु भएको छ ।

पूर्वमन्त्रीका पीए दम्पति एक स्वास्थ्य क्लवमा मृत फेला परेका छन् । ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर पति–पत्नीको मृत्यु भएको बताइएको छ ।

फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारी गर्बुजा मगरको मृत्यु भएको हो ।

हस्त गर्बुजा मगर थममाया थापा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका बेला स्वकीय सचिव (पीए) थिए ।

बुधबार राति क्लबको बाथरुमको साउनामा नुहाउन पसेका थिए । धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए ।

तत्काल उद्धार गरी पाटन अस्पताल पु¥याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

Published : Thursday, 2020 January 30, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया