सुनसरीमा गगनको देखियो जादु, युवा संघका अध्यक्ष नै कांग्रेसमा प्रवेश
रामधुनी । सुनसरी जिल्लाको रामधुनीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न पार्टी परित्याग गरी धेरै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले भित्र्याएका हुन् ।
बुधबार पार्टीको नगर कार्यसमितिले आयोजना गरेको बृहत नगर सम्मेलनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राप्रपा लगायतका पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
पार्टी परित्याग गर्नेमा युवा संघ नेपाल रामधुनी ५ का अध्यक्ष एमकाजी राई, राप्रपा नगर सचिव लेखनाथ खतिवडा, शम्भु बस्नेत, प्रेम राई, प्रल्लाद बिष्ट, टेकबहादुर कार्की, शिवकुमार माझी, महादेव माझी, मुक्तीनाथ सुवेदी, विनोद परियार, सिर्जना कार्की, प्रेमिका परियार, सीता परियार पुनम बिक, रमेश तामाङ, विपिन परियार, इन्दिरा तामाङ, हरिलाल मेहता, शिशिर चौधरी, राकेश चौधरी लगायत रहेका छन् ।
नवप्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका युवा नेता थापाले खादा तथा अविर लगाएर प्रवेश गराएका थिए ।
नवप्रवेशीहरूले देशको पार्टी कांग्रेस नै भएको प्रतिकृया दिएका छन् । कार्यक्रमको सभापतित्व नगर सभापति सुदीप अधिकारीले गरेका थिए ।
कार्यक्रममा प्रदेश १ प्रतिपक्षी दलका नेता राजीव कोइराला, धरान उपमहानगरका मेयर तिलक राई, सीताराम मेहता लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया