देउवाको कुरा सुनेपछि छेउमै पुगे ओली, खुसी हुँदै बाहिरिए
काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका केही विधेयकहरू संविधानको प्रतिकुल रहेको बताएका छन् ।
संसदको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका सभापति देउवाले संविधानको खिलाफ रहेका विधेयकहरूलाई फिर्ता लिन प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग आग्रह गरे । उनले प्रेस स्वतन्त्रता भएन भने लोकतन्त्र बलियो नहुने बताएका छन् ।
‘प्रेसलाई नियन्त्रण गर्नु हुँदैन । लोकतन्त्रमा प्रेस कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ’, उनले भने, ‘लोकतन्त्रका खिलाफका विधेयकहरू हटाउनु प¥यो ।’ उनले फोनट्यापिङ गर्ने जस्ता विधेयकहरू सदनमा आएको भन्दै त्यसको आलोचना गरे ।
सभापति देउवाले संसदमा प्रमुख प्रतिपक्ष दललाई विश्वासमा लिएर काम गर्न कम्युनिस्ट सरकारलाई सुझाव दिए । ‘संसदमा सरकारले प्रमुख प्रतिपक्ष दललाई विश्वासमा लिएर काम गर्नुपर्छ’, उनले भने, ‘विश्वासमा लिएर जाने हो भने त्यसको फाइदा सरकारलाई नै हुन्छ ।’
सभापति देउवाले संसदमा उठेका कुरालाई गम्भीरतापूर्वक सुन्नुपर्ने भन्दै सांसदहरूको मागलाई पूरा गर्नुपर्ने बताए ।
‘संसदमा उठेका कुरामा प्रधानमन्त्रीले आदेश दिनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले शान्ति प्रक्रियाका बाँकी रहेका विषय टुंग्याउन सहयोग गर्नेछ ।’
प्रधानमन्त्री ओलीले मुलुकमा ‘धक्का’ दिने भनेर दिएको अभिव्यक्तिको देउवाले आलोचना गरे । ‘प्रधानमन्त्रीले धक्का दिने भनेको पहिलो पटक सुने । यो धक्का दिने भनेको के हो ?’, सभापति देउवाले भने, ‘कसले दिँदै छ नेपाललाई धक्का ? यो धक्का भनेको के हो भन्नुपर्यो ।’
नेपाली कांग्रेसका सभापति देउवाले नोवल कोरोला भाइरसको जोखिमका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले कोरोला भाइरसको जोखिम न्यूनीकरण गर्न २४ घण्टे सेवा राख्नुपर्ने बताए ।
अमेरिकाले दिन लागेको आर्थिक सहयोगमा अविश्वास नगर्न उनले सुझाव दिएका छन् । ‘एमसीसी मेरो क्याबिनेटले पास गरेको हो । सुशील कोइराला, केपी ओलीजी प्रधानमन्त्री हुँदा र हुनुभन्दा पहिला देखिनै एमसीसी आएको हो ।’
सभापति देउवाले एमसीसीमा सैन्य कुरा छैन भनेकाले आविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताए । ‘अमेरिकाले सैन्य कुरा छैन भनेको छ । चीनको राजदूतले आपत्ति छैन भनेका छन्’, उनले भने, ‘यति ठूलो आर्थिक सहयोग एमसीसी छिटो पास गर्नुपर्छ ।’
सभापति देउवाले उखु किसानले पैसा नपाएकोमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले किसानहरूलाई छिटो पैसा दिन आग्रह गरेका छन् ।
सभापति देउवाले बोलेर आफ्नो सिटमा आएर बसेका थिए । देउवाको भाषण गम्भीर भएर सुनेका ओलीले देउवा आउनेवित्तिकै कुराकानी गरेका थिए ।
देउवा बसेको कुर्सी नजिकै पुगेका ओली र देउवावीच के–के विषयमा कुरा भयो केही भनिएको छैन । तर, देउवा र ओली खुसी देखिएका थिए । देउवासँग कुरा गरेपछि ओली संसद बैठकबाट बाहिरिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया