प्रचण्डकी ठूलै नेतृले देश छाडिन्, नेकपाभित्र हँगामा
वीरेन्द्रनगर । अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली फर्किएकी छैनन् ।
तत्कालीन माओवादी केन्द्रबाट चुनाव जितेकी उनले अमेरिका पुगेपछि पार्टीसँग पनि सम्पर्क नगरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनाएको छ ।
उपप्रमुख नेपाली अमेरिका लुकेको समाचार बाहिर आएपछि नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनाबमा परेको चर्चा भएको छ ।
इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आईसीएमए)को निमन्त्रणामा नगरपालिका संघकी सदस्य नेपालीसहित तीन जना अमेरिका गएका थिए ।
एउटै कार्यक्रममा निमन्त्रणा पाएका नेपाली, धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा छुट्टाछुट्टै विमानमा अमेरिका पुगेका थिए ।
तिलागुफाका प्रमुख रतनबहादुर शाहीले कहिले फर्किने भनेर सोध्दा बिरामी रहेको जवाफ आएको बताए । आफ्नाबारे समाचार आउन थालेपछि नेपालीले आफ्नो फेसबुक एकाउन्ट निष्क्रिय पारेकी छन् ।
बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा नदेखिएपछि नेपाली सम्पर्कविहीन भएको खबर फैलिएको थियो ।
विद्यार्थी राजनीतिमा सक्रिय उनलाई तत्कालीन माओवादीले २०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा उठाएको थियो ।
नेकपा कालीकोटका सचिव नगेन्द्र शाहले उपप्रमुख नेपाली अमेरिका पुगेर सम्पर्कविहीन भएर पार्टीले गरेको सम्मानमा ठेस पुर्याएको बताए ।
उपप्रमुखले न्यायिक समिति, योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिलगायत १३ वटा समितिको नेतृत्व गर्नुपर्छ ।
उपप्रमुख नभएका कारण नगरपालिकामा सम्पन्न भएका योजनाको भुक्तानी पनि दिन नसकिएको नगरप्रमुख शाहीले बताए ।
स्थानीय रेवती शाहीले तीन महिनादेखि उपप्रमुख नहुँदा आफ्नो जग्गाको विवाद नमिलेको बताइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया