पौडेलद्वारा प्रचण्डसँग गोप्य भेट, मागे उपसभामुख पद

काठमाडौं । पार्टीभित्र बखेडा झिक्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोप्य भेटवार्टा गरेका छन् ।

मंगलबार प्रचण्डलाई भेट्न पौडेल खुमलटार पुगेका थिए । भेटमा पौडेलले प्रचण्डसँग नेपाली कांग्रेसलाई उपसभामुख पद दिन माग गरेका थिए ।

पार्टीभित्र छलफल नै नगरी नेता पौडेल प्रचण्डलाई भेट्न गएको भन्दै नेपाली कांग्रेसका नेताहरूले आलोचना गरेका छन् ।

आलोचना भएपछि पौडेलले फेसबुक पेजमा स्टाटस लेखेर प्रचण्डसँग उपसभामुख पद माग नगरेको बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओलीले उपसभामुख पद राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई दिने संकेत गरेका छन् ।

नेपाली कांग्रेसप्रति सकारात्मक नरहेका ओली र नेकपासँग पौडेलले प्रचण्डसँग उपसभामुख पद माग्नुलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले अपमानका रुपमा लिएका छन् ।

Published : Tuesday, 2020 January 21, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया