सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने, अग्निलाई साथ देला ?

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेपनि नेकपाका सभामुखका उम्मेदवार अग्नि सापकोटालाई समर्थन गर्ने कि नगर्ने केही भनेको छैन ।

Published : Tuesday, 2020 January 21, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया