खुसी भए निधि–सिटौला–सिंह, सहमति नजिक पुग्यो कुरा
काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहवीच कुराकानी भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार तीन नेताहरूका वीच विवाद समाधानका लागि कुराकानी भएको हो ।
कुराकानीमा महाधिवेशनलाई कसरी निश्पक्ष बनाउने भन्ने विषयमा छलफल भएको थियो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूका वीच कुराकानी गरेर पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरिने बताएका छन् ।
सभापति शेरबहादुर देउवाले नै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग कुराकानी गरेर विवाद समाधान गर्नेछन् । नेता सिटाैलाले पार्टीभित्रकाे विवाद समाधानका लागि सभापति देउवासँग परामर्श गर्दै आएका छन् ।
सभापति देउवाले २०७७ फागुन ७ लाई कायम राखेर महाधिवेशनको अन्य कार्यतालिका हेरफेर गर्न तयार रहेको बताएका छन् ।
पौडेल र सिटौला समूहको बहिस्कारका वीच पुस ११ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औं महाधिवेशनको मिति तय गरेको थियो ।
पौडेल र सिटौला समूहले भने विधानका विभिन्न धाराहरू निलम्बन गरेकाले महाधिवेशन निष्पक्ष हुनेमा नै शंका गरेका छन् ।
नेता सिटौलाले विधानका विभिन्न धाराहरू निलम्बन गरिएकोमा असन्तुष्टि जनाए । उनले त्यसलाई हटाउने र क्रियाशील सदस्यता छानबिनका लागि छुट्टै समिति बनाउन कुराकानी भइरहेको जानकारी दिएका छन् ।
नेताहरूका वीच भ्रातृ गठनहरूका विषयमा पनि कुराकानी भइरहेको छ । नेपाल तरुण दलको म्याद छ महिना थप भएपनि तीन जना मात्र पदाधिकारी छन् ।
अराजक हर्कत गरेपछि तरुण दलबाट महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गरेर हटाइसकिएको छ । शाहीलाई कारबाही गरेर हटाउन रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सहमति जनाएका थिए ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ कार्यसमिति गठन गर्न बाँकी छ । नेविसंघ गठनमा पनि पौडेल र सिटौला समूहले बखेडा गर्दै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया