कांग्रेसका लोकप्रिय नेता ढुंगेलको निवासमा देउवा, दिए श्रद्धाञ्जलि

भक्तपुर । नेपाली कांग्रेसका साभपति शेरबहादुर देउवाले स्व.रामेश्वरप्रसाद ढुंगेलका पारिवारका सदस्यहरूलाई सहानुभूति दिएका छन् ।

सभापति देउवा आइतार भक्तपुर जिल्लास्थित स्व.ढुंगेलको निवासमा आएर परिवारका सदस्य र आफन्तहरूलाई शोकलाई शक्तिमा बदल्न आग्रह गरेका हुन् । स्व.ढुंगेलको १३ दिनको कर्ममा बसेका आफन्तहरूलाई देउवाले सहानुभूति पनि दिएका थिए ।

नेपाली कांग्रेसका सभापति देउवाले स्व.ढुंगेलको तस्वीरमा श्रद्धाञ्जलि समेत दिएका छन् ।

‘रामेश्वरप्रसाद ढुंगलको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको छ । भक्तपुर जिल्लाले एउटा होनहोर विकासप्रेमी नेता गुमाएको छ’, देउवाको भनाइ उदृत गर्दै भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले भने, ‘शोकमा रहेका परिवारका सदस्यहरूले स्व.ढुंगेलको आदर्श र बाटोलाई भुल्नु हुँदैन ।’

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद ढुंगेलको उपचारका क्रममा मंगलबार शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का पूर्वक्षेत्रीय सभापति समेत रहेका स्व.ढुंगेलले संविधान बनाउने क्रममा महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

Published : Sunday, 2019 December 22, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया