हुम्लामा कम्युनिस्टसँग भिड्न सात कमाण्डर तोकिए

सिमकोट । नेपाली कांग्रेस हुम्लाले सात वटा गाउँपालिकाको सभापति चयन गरेको छ ।

नेपाली कांग्रेस हुम्लाको बिहीबार बसेको जिल्ला कार्य समितिको बैठकले गाउँपालिकाका सभापतिहरू चयन गरेको हो ।

हुम्ला जिल्लामा कम्युनिस्टहरूले नेपाली कांग्रेसलाई पेल्न खोजिरहेका बेला कांग्रेसले गाउँपालिकाको सभापतिहरू चयन गरेको छ ।

नेपाली कांग्रेस हुम्लाका सभापति जयपति रोकायाले सात वटा गाउँपालिकाको सभापतिहरू चयन गरिएको जानकारी दिए ।

नाम्खा गाउँपालिकामा निमा लामा, सिमकोट गाउँपालिकामा अकिल शाही, खार्पुनाथ गाउँपालिकामा बल वुमी, सर्केगार्ड गाउँपालिकामा नैन थापा, चंखेली गाउँपालिकामा कर्णप्रसाद जैशी, अदानचुली शेर बुढा र ताँजाकोट गाउँपालिकामा जंगलाल खड्का सभापति छनौट भएका छन् ।

पुस १५ गतेसम्म सबै गाउँपालिकाको पूर्ण संरचना बनाउनका लागि पार्टीले परिपत्र पनि गरिसकेको सभापति रोकायले बताए ।

लामो समयसम्म रिक्त रहेको नेपाली कांग्रेस जिल्ला कार्य समितिको सहसचिवमा रीता लामा चयन गरेको छ ।

Published : Friday, 2019 December 20, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया