प्रचण्डलाई १७ हजारको आँशु लाग्छ, कांग्रेसलाई जिताउनुस्ः जितजंग बस्नेत
भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले १७ हजार मान्छे मारेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती १७ हजारको आँखु लाग्ने बताएका छन् ।
शनिबार भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रचण्डलाई १७ हजारको आँशु लाग्ने बताए ।
‘केपी ओलीले झापामा मान्छे मारेर आएका हुन् । कांग्रेसलाई सामन्ती भनेर टाउको काटेका थिए’, बस्नेतले भनेका छन्, ‘प्रचण्डको त कुरै नगरौँ । १७ हजार मान्छे मारेर आएका हुन् । उनलाई ती १७ हजारको आँशु लाग्छ ।’
नेपाली कांग्रेसले देशमा संविधान दिएको भन्दै तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘सुशील कोइरालालाई बोल्न जान्दैन भन्थे । नराम्रो मान्छे भन्थे । त्यही नराम्रो र बोल्न नजान्नेले संविधान दिए ।’
‘प्रचण्डले पहिलो संविधान सभामा प्रचण्ड बहुमत ल्याएको होइन ? खै त संविधान ल्याएको ? १७ हजार मान्छे मार्दैमा र भौतिक संरचना ध्वस्त बनाउँदैमा संविधान दिन त सक्दैन रहेछ ?’, उनले भने, ‘बाबुराम भट्टराईलाई सबैभन्दा ठूलो विद्ववान भनेको होइन ? उनले पनि संविधान दिएनन् त । झलनाथ खनाल र माधव नेपालले पनि संविधान दिन सकेनन् ।’
‘संविधान कांग्रेसले बनायो । केपी ओली प्रधानमन्त्री थिए । उनले संविधान कार्यान्वयन गर्न सकेनन्’, उनले भने, ‘संविधान कार्यान्वयन गर्न शेरबहादुर देउवा आउनु प¥यो । कांग्रेसले निर्वाचन गर्यौँ ।’
‘कांग्रेसले नै तराईका दलहरूलाई पनि संविधानभित्र ल्यायो’, उनले भने ।
‘भारतले लिपुलेक, कालापानी मिचेको छ । कांग्रेस बोलेको छ । राष्ट्रवादी ओली सरकारले कुटनीतिक पहल गरेको छैन’, उनले भने, ‘परराष्ट्रको एउटा कर्मचारीले चिठ्ठी लेख्दा पनि सिग्नेचर मात्रै छ । त्योपनि कस्को हो चिनिदैन । त्यसमा कर्मचारीको नाम पनि छैन । त्यतिसम्म डराएको छ ।’
‘अब नेपाल आमाको अस्मिता बचाउनेकी नबचाउने ? नेपाली कांग्रेसले मात्रै बचाउँछ’, उनले भने, ‘राष्ट्रियताको सवालमा यहाँ धेरै कुराहरू भए । कांग्रेसले मात्रै सबै जातजाति, भाषाभाषीलाई मात्रै हेर्न सक्छ । अन्याय अत्याचार भ्रष्टाचार मुक्त गराउन सक्छ ।’
नेपाल तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘सबैलाई समान व्यवहार गर्ने नेपाली कांग्रेस हो । हिमाल, पहाड तराईका जनतालाई समान रुपले सम्मान गर्न चाहन्छौँ । राष्ट्रियता र प्रजातन्त्रमाथि कसैले धावा बोल्छ भने एक थोपा रगत रहेसम्म नेपाली कांग्रेस लड्न तयार छ ।’
नेपाली कांग्रेसले जित्दैमा सरकार परिवर्तन गर्ने खेल नहुने उनले बताए । ‘राष्ट्रियता बचाउने खेल हो । हाम्रो भू–भाग बचाउने खेल हो । संविधान बचाउने खेल हो । संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न थालिएको छ’, उनले भने ।
‘अन्याय अत्याचार र भ्रष्टाचार बढिरहेको छ । बालुवाटरको जग्गा नेकपाका महासचिव एवम् पूर्वमन्त्री विष्णु पौडेलले किनिसकेका छन्’, उनले भने, ‘प्रधानमन्त्री निवासको जग्गा आतिक्रमण भएको छ ।’
‘मेलम्चीको पानी उपत्यकाका जनताले खाने सपना कम्युनिस्टहरूले चकनाचुर बनाएका छन् । प्रचण्डको बुहारीले कमिशनको खेलमा पानी नआउने स्थिति भएको छ’, अध्यक्ष बस्नेतले भने, ‘सभामुख जस्तो व्यक्ति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हस्ती । तेस्रो, चौथो नम्बरको व्यक्तिले आइमाईमाथि बलात्कार हुन्छ । जेलमा गएको स्थिति छ ।’
‘यो स्थितिबाट नेपाली कांग्रेसले पार लगाउन सक्छ । यो स्थितिलाई तपाई हामी मिलेर पार लगाउनुपर्छ’, उनले भने, ‘यो मत भनेको महत्वपूर्ण हो । गलत बाटोमा गएको दुईतिहाइको कम्युनिस्ट सरकारलाई उपनिर्वाचनले सहित बाटोमा ल्याउन सक्छ ।’
अध्यक्ष बस्नेतले नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका कृष्णलाल भँडेलले भक्तपुरमा जित्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारलाई ठूलो दवाव पर्ने बताए ।
‘संविधानलाई सहि दिशामा कार्यान्वयन गर्न दवाव हुनेछ । भँडेल दाई राम्रो मान्छे हुनुहुन्छ । उहाँले जित्नु हुन्छ । तपाइहरूको कुरा सुन्नु हुनेछ’, उनले भने ।
‘नगरकोट आउने बाटोको अवस्था देख्दा लाज लाग्छ । यो बाटो कसले बनायो भनेर साथीहरूलाई सोध ? तरुण अध्यक्षलाई सोध । उहाँले घरबेटीले बनाएको भन्नुभयो । मलाई हाँसो उठ्यो’, बस्नेतले भने, ‘यो घरबेटी भन्ने चिज कस्तो रहेछ । प्रचण्डका घरबेटी हुने । सम्पूर्ण बाटोको ठेक्का लिने । एउटा पप्पु कन्ट्रक्सन भन्नेछ । सम्पूर्ण पुलको ठेक्का लिने । कहिल्यै पनि बनाउन नपर्ने । यहीबाट बुझिन्छ यो देश कसले बनाउँछ कसले बनाउँदैन भनेर ।’
‘यहाँ विकास गर्ने हो र पर्यटक ल्याउने हो भने भँडेल दाईले भन्दा अरुले काम गर्न सक्दैन । यो देश बनाउने ईच्छा कांग्रेसलाई छ’, उनले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया