कास्कीमा आशीर्वाद लिएर प्रचारमा निस्किए कांग्रेसका पौडेल
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार भएका खेमराज पौडेल दोस्रो चरणको प्रचार प्रसार अभियानका क्रममा भोट माग्दै भलाम र मौजातिर लागेका छन् ।
बिहीबार पोखरा महानगरपालिका– २० भलाम निवासी वृद्धा राधा केसीको हातबाट अबिरमाला लगाएर दोस्रो चरणको प्रचार प्रसार अभियानमा उम्मेदवार पौडेल लागेका हुन् ।
मतदाताको आशीर्वाद लिँदै पौडेलले धर्म संस्कृतिको रक्षाका लागि प्रतिवद्ध रहने बताएका छन् ।
पोखरा– २० का संयोजक तथा प्रदेशसभा सदस्य विन्दुकुमार थापाको अगुवाइमा शुरु भएको प्रचार प्रसार अभियानको टोली भलाम हुँदै मौजामा मतदातासँग भोट माग्न गएको छ ।
प्रचार अभियानमा कांग्रेस नेता शोभियतबहादुर अधिकारी, देवराज चालिसेलगायत सहभागी छन् ।
टोलीले शुक्रबार बिहान मौजामा घर दैलो कार्यक्रम सकेर अपरान्ह पोखरा फर्किने थापाले बताए ।
नेपाली कांग्रेसले प्रचार प्रसार अभियान ११ वटै वडामा जारी राखेको छ ।
वडा नम्बर ९ का संयोजक वीरेन्द्रनारायण विजुक्छेको कमाण्डमा शंकर देवकोटा, उमा ठकुरी, सुरजजंग राणा, रामराज लामिछाने लगायतले घरदैलो कार्यक्रम गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया