देउवाले खाेले सीसँगको कुरा, पार्टी मुख्यालयमा खुसीयाली
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् ।
ललितपुरको सानेपास्थिट पार्टी मुख्यालयमा दशैँ, तिहार, नेपाल संवत, छठसहितका पर्वको अवसरमार आइतबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले चीन नेपालको पुरानो मित्र शक्ति भएको बताए ।
‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ’, उनले भने, ‘चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ ।’
आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको देउवाले बताए । ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ’, नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘मिलाएर आउँछु भनेको छु ।’
Published : Sunday, 2019 October 13, 10:57 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया