महरालाई सरकारले संरक्षण गरेको छ, कारबाही गर्नुपर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यौन दुर्व्यवहारमा परेका कृष्णबहादुर महरामाथि कारबाही गर्न माग गरेका छन् ।

दशैंको अवसरमा शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा सभापति देउवाले यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई कारबाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको आरोप लगाए ।

‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’, उनले भनेका छन् । उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको ? भनि सरकारलाई प्रश्न गरेका छन् ।

‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ’, सभापति देउवाले भने, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन् ।’

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी गरेका छन् ।

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको बताए ।

Published : Saturday, 2019 October 5, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया