‘महरा काण्ड’मा परेकी महिलाले गगनलाई फोन गरिन्

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले सभामुख कृष्णबहादुर महारामाथि लागेको आरोपबारे छानविन नहुँदासम्म सभामुख पदबाट अलग हुन सुझाव दिएका छन् ।

बुटवलमा मंगलबार बिहान पत्रकारसंग कुरा गर्दै थापाले सभामुखमाथि लागेको आरोपले सिंगो संसद र सांसदलाई स्तब्ध बनाएको बताए । उनले सभामुख महरामाथिको आरोपबारे अनुसन्धानमा सघाउन सभामुखले पदबाट बारिह बस्नुपर्ने बताएका हुन् ।

‘सभमुखमाथि जे आरोप लागेको छ, त्यो मित्थ्याहोस्, संलग्न नभएको प्रमाणित होस् भन्ने मेरो चाहना छ’, थापाले भने, ‘यस्तो गम्भिर आरोप लागेकाले अनुसन्धानमा सघाउँछु भनेर सभामुख महराले पदबाट अलग हुनुपर्छ ।’

सांसद थापाले सभामुखमाथि यौन दुर्व्यहारको आरोप लाग्दा देशकै बेइज्जत भएको बताएका छन् । उनले यो आरोपले राजनीति र नैतिकमाथि ठूलो प्रश्न उब्जाएको बताए ।

‘आरोपले म स्तब्ध छु, सिंगो संसदलाई स्तब्ध पारेको छ’, थापाले भनेका छन्, ‘आरोप लगोपछि दूधको दूध पानीको पानी छुट्याउनुपर्छ ।’

थापाले सभामुख महरामाथि पनि आम मानिसलाई जस्तै प्रचलित कानून अनुसार अनुसन्धानको माग गरेका छन् ।

आरोप लगाउने महिलाको आफूलाई समेत फोन आएको बताएका थापाले आफू हवाईजहाजमा भएकाले कुरा हुन नपाएको बताए ।

उनले सभामुख जस्तो पदमा रहेको व्यक्तिलाई गम्भिर आरोप लागेकाले यसमा प्रहरी प्रशासनले प्रचलित कानून अनुसार आम मानिसलाई जस्तै गरी अनुसन्धानको माग गरेका छन् ।

Published : Tuesday, 2019 October 1, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया