पहिलो र दोस्रो कार्यक्रमपछि यस्तो बन्दै छ कांग्रेसको योजना
काठमाडौं । नेपाली कांग्रेसले पहिलो र दोस्रो चरणको राष्ट्रिय जागरण अभियानबाट पार्टीको संगठन राम्रो बनेको ठहर गरेको छ ।
गत मंगलबारदेखि दोस्रो चरणको कार्यक्रम पनि सम्पन्न भएको छ । नेपाली कांग्रेसले तेस्रो चरणमा विक्रेन्द्रित कार्यक्रम गर्ने तयारी गरेको छ ।
पहिलो र दोस्रो चरणको कार्यक्रमबाट उत्साहित भएको नेपाली कांग्रेसले पार्टीको नीति र सिद्धान्तका बारेमा जनतालाई थोरै भएपनि बुझाउन सकिएको निस्कर्ष निकालेको छ ।
नेपाली कांग्रेसले आफूले जितेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिँदै छ । त्यति मात्रै होइन उनीहरूसँग कांग्रेसको संगठन तथा सेवाग्राहीसँग कसरी व्यवहार गर्ने भन्नेबारेमा प्रशिक्षण दिइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई असोजको २८ गते प्रशिक्षण दिइनेछ ।
प्रशिक्षणका लागि धमाधम केन्द्रीय कार्यालयले सानेपाले तयारी शुरू गरेको छ ।
नेपाली कांग्रेसले आफूले जितेका गाउँपालिकामा सेवाग्राहीलाई छिटो छरितो तरिकाले सेवा दिनेदेखि जथाभावी कर उठाउने कार्यलाई नियन्त्रण गर्नेछ ।
कम्युनिस्टहरूले जितेका गाउँपालिकामा गुनासाहरू आएपछि नेपाली कांग्रेसले आफ्ना अध्यक्ष र उपाध्यक्षहरूलाई प्रशिक्षण दिन थालेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले अबको राष्ट्रिय जागरण अभियानलाई गाउँपालिका र नगरपालिकामा केन्द्रित गर्ने भएको छ । ती सबै गाउँपालिका र नगरपालिकाहरूमा केन्द्रीय प्रतिनिधिहरू पठाइने नेपाली कांग्रेसका प्रवक्ता शर्माले बताए । कांग्रेसले मसिनो गरेर आफूलाई गाउँका कार्यकर्ताको घरदैलोमा पु¥याउने गरेर कार्यक्रम बनाउनेछ ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले संविधानलाई अपब्याख्या गरेर संविधान विपरितका क्रियाकलापहरू गर्न थालेको भन्दै भण्डाफोरको अभियान पनि चलाएको छ ।
यो अभियान कांग्रेसका लागि फाइदाजनक भएको नेताहरूले बताएका छन् । नेपाली कांग्रेसले अभियान चलाउँदै गर्दा अराजक नेता तथा कार्यकर्ताहरूलाई पनि कारबाही गर्नुपर्ने माग उठेको छ ।
उत्सवका रुपमा मनाउनुपर्ने अभियानको केही भ्रातृसंस्थाका नेताहरूले विरोध समेत गरेका थिए । कांग्रेसका कार्यक्रमहरूलाई सहयोग गर्नुपर्ने ठाउँमा विरोध गर्ने परम्पराको अन्त्य गर्न पनि माग उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया