सभापति देउवासँग अमेरिकी राजदूतको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेट गरेका छन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा बिहीबार बिहान देउवा र बेरीबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल–अमेरिकाबीचको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

नेपाल र अमेरिकाबीचको विकास साझेदारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

‘अमेरिकी राजदूतसँग आज बिहान मेरो निवासमा भेट भयो’, देउवालाई उदृत गर्दै निजी सचिवालयले भनेको छ, ‘भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो ।’

नेपालका लागि अमेरिकी राजदूत बेरीले बिहीबार नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

Published : Thursday, 2019 September 26, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया