नेपालका कम्युनिस्टकाे आफ्नै सिद्धान्त छैन, सबै आयातित हुन्ः डा.गोविन्द पोखरेल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.गोविन्दराज पोखरेलले नेपालका कम्युनिस्टहरूको आफ्नै सिद्धान्त नरहेका कडा टिप्पणी गरेका छन् ।
बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.पोखरेलले नेपालका कम्युनिस्टहरूले विदेशबाट आयातित सिद्धान्त बोक्ने गरेको बताए ।
‘नेपालका कम्युनिस्टहरूको आफ्नै सिद्धान्त छैन । उहाँहरूले विदेशबाट आयातित सिद्धान्त मान्नु हुन्छ’, उनले भने, ‘सी विचारधारा पनि त्यसकै सिलसिला हो ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चीनका राष्ट्रपतिलाई रिझाउन सी विचारधारा आयात गर्न थालेको भन्दै नेपाली कांग्रेसका नेता डा.पोखरेलले यसलाई अन्यथा लिन नपर्ने बताए ।
उनले भने, ‘उहाँहरूको आयातित विचार हो । यसमा अन्यथा मान्नु पर्दै । सी विचारधारालाई पनि आयात गर्न थाल्नु भएको छ ।’
डा.पोखरेलले सी विधारधाराका विषयमा नेपालका कम्युनिस्ट पार्टी (नेकपा)ले जति उधुम मच्चाएपनि चीनले विश्वास गर्ने भनेको नेपाली कांग्रेसलाई नै रहेको दाबी गरे ।
‘चीनले विश्वास गर्ने भनेको नेपालको एकमात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई हो’, उनले भने, ‘चीनका कम्युनिस्ट नेताहरू र विज्ञहरूले माक्र्स, एंगल्स, लेनिनको विचार मान्नेलाई विश्वास छैन भनेका छन् ।’
चीनबाट आएका कम्युनिस्ट नेताले सत्तारुढ नेकपाका नेताहरूलाई प्रशिक्षण दिएका सन्दर्भमा कांग्रेसका नेता डा.पोखरेलले यस्तो कडा टिप्पणी गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया