कांग्रेस निकटका व्यवसायीहरू काठमाडाैंमा निर्वाचित भएपछि बधाइको ओइरो

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा विजयी भएका पार्टी निकटका नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शुभकामना र बधाई दिएका छन् ।

काठमाडौंका बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार आयोजित एउटा कार्यक्रममा नेपाली कांग्रेसका नेताहरूल बधाइ तथा शुभकामना दिएका हुन् ।

उनीहरूले व्यवसायीहरूले दिएको मतलाई समय परिवेशअनुसार नभुल्न सुझाव दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संघमा विजयी भएका सबै पदाधिकारी र सदस्यहरूलाई बधाइ दिए । उनले नयाँ कार्यकालको अग्रिम शुभकामना दिएका छन् ।

लेखकले लोकतान्त्रिक समूहबाट अध्यक्षमा विजयी भएका विष्णु गैरे नेतृत्वको टिमले उठाउने सबै मागमा नेपाली कांग्रेसको साथ हुने बताए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पनि नयाँ कार्यसमितिलाई बधाइ एवम् शुभकामना दिएका छन् ।

खतिवडाले मिलेर जाँदा कांग्रेसलाई कसैले पनि पराजित गर्न सक्दैन भन्ने कुराको पुष्टि संघको निर्वाचनमा भएको बताए । ‘नेपाली कांग्रेस हार्दैन’, उनले भने, ‘हामीबीच मिल्नुपर्ने दवाव छैन । मिल्ने हो भने कुनै पनि ठाउँमा कम्युनिस्टहरू अगाडि आउनै सक्दैनन् ।

कार्यक्रममा लोकतान्त्रिक समूहका सत्र जनालाई विजयी बनाउन विशेष भूमिका खेल्ने किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपाने, तिलक रानाभाटसहितका व्यवसायीहरूले विशेष भूमिका खेलेको भन्दै धन्यावाद दिइएको थियो ।

संघमा नेपाली कांग्रेसले लामो समयपछि विजयी हासिल गरेका कारण अध्यक्ष गैरे समूह खुसी भएका छन् । नेपाली कांग्रेसका शुभेच्छुकहरू पनि खुसी छन् ।

तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेका) निकटका उम्मेदवारहरू पराजित भएपछि चुपचाप लागेर बसेका छन् ।

यस पटक पनि संघ हत्याउने योजना बनाएका प्रगतिशील समूहलाई लोकतान्त्रिक समूहका गैरेको विषेश भूमिकामा पनि थियो ।

 

Published : Wednesday, 2019 September 25, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया