रोल्पामा कांग्रेसको कार्यक्रममा रहर लाग्ने उपस्थिति, भित्रिए नेकपाका कार्यकर्ता (तस्वीर)

लिवाङ । नेपाली कांग्रेस रोल्पाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध रोल्पा जिल्लामा भव्य प्रदर्शन गरेको छ ।

दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार लिवाङमा आयोजित कार्यक्रममा सयौँ नेता तथा कार्यकर्ताहरू उपस्थित रहेका थिए ।

कार्यक्रमलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेको रोल्पा कांग्रेसका सपापति अमर पुनले जानकारी दिए ।

विरोध सभामा परिणत हुन अगाडि नेपाली कांग्रेस रोल्पाका नेता तथा कार्यकर्ताहरूले लिवाङ बजार परिक्रमा गरेका थिए ।

कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै भएको बिरोध ¥यालीका सहभागीहरूले सरकारविरुद्ध नारावाजी गरेका थिए ।

जनताले दिएको झण्डै दुईतिहाइको बहुमत कम्युनिस्टहरूलाई नपचेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आलोचना गरेका थिए ।

उनीहरूले जनता समक्ष निर्वाचनमा गरिएका बाचा पूरा गर्न स्मरण गराइदिएका थिए ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

माओवादीको उद्गम जिल्लाका रुपमा परिचित रोल्पा जिल्लामा पहिलो र दोस्रो जागरण अभियानपछि नेपाली कांग्रेसमा आकर्षण बढ्दै गएको छ ।

Published : Wednesday, 2019 September 25, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया