दुर्गम जिल्ला डोल्पामा पनि कांग्रेस शानदार कार्यक्रम
दुनै । नेपाली कांग्रेस डोल्पाले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमलाई भव्यताका साथ समापन गरेको छ ।
मंगलबार सदरमुकाम दुनैमा आयोजित कार्यक्रमलाई स्थानीय नेताका साथै केन्द्रीय प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । उनीहरूले जागरण अभियानले कांग्रेसलाई गाउँका कार्यकर्तासम्म पुग्न सहयोग मिलेको बताए ।
उनीहरूले आउँदा दिनमा पनि यस्ता खालका कार्यक्रम गर्नुपर्ने बताए । साथै केन्द्रीय नेताहरूलाई गुटभन्दा माथि उठेर पार्टीका लागि काम गर्न सुझाव दिएका छन् ।
समापन कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै नेपाली कांग्रेसले देश विकासका लागि नेतृत्व लिनुपर्ने बताएका थिए ।
डोल्पा जिल्लामा जागरण अभियानका क्रममा नेकपासहित विभिन्न दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
हिमाली र अत्यन्तै बिकट दुर्गम जिल्लाका रुपमा रहेको डोल्पामा नेपाली कांग्रेसले जागरण अभियान चलाएर कार्यकर्ताहरूलाई कम्युनिस्ट सरकारको गलत कुराको जानकारी गराउनुका साथै भण्डाफोर गरेको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया