कांग्रेस निकटको गैरे समूहद्वारा संघ कब्जा, भत्कियो कम्युनिस्टको पर्खाल

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई झट्का दिँदै वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षका प्रत्याशी विष्णु गैरे नेतृत्वको समूहले विजयी हासिल गरेको छ ।

बुधबार बिहान सम्पन्न मतगणनाअनुसार संघमा नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमबाट उम्मेदवार बनेकाहरू विजयी भएका हुन् ।

संघमा यस पटक नेपाली कांग्रेस निकटका उम्मेदवारहरूले कम्युनिस्टहरूलाई पत्तासाफ बनाइदिएका छन् । संघमा कम्युनिस्टहरूको बीउ पनि समाप्त भएको छ ।

नयाँ कार्यसमितिका लागि मंगलबार काठमाडौंमा मतदान भएको थियो । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा)बाट आजित बनेका व्यवसायीहरूले दुईतिहाइको कम्युनिस्ट सरकारसँग बदला लिएका छन् ।

कम्युनिस्ट सरकारका श्रममन्त्रीले व्यवसायीहरूलाई दुई करोड धरौटी राख्न लगाउनेदेखि थुनेर दुःख दिएको थियो । व्यवसायीहरूले सरकारविरुद्धको बदला संघको निर्वाचनबाट लिएका छन् ।

संघमा लामो समयपछि नेपाली कांग्रेस निकटका व्यवसायीहरूले विजयी हासिल गरेका छन् । यसअघि संघमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका व्यवसायीहरू विजयी हुँदै आएका थिए ।

नेपाली कांग्रेस निकटका व्यवसायीहरूलाई विजयी बनाउन वरिष्ठ व्यवसायी किरण किशोर घिमिरे, विमल ढकाल, तारानाथ ढकाल, प्रज्ञान न्यौपानेसहितका व्यवसायीहरूको विशेष भूमिका थियो ।

लोकतान्त्रिक समूहबाट अध्यक्षमा विष्णु गैरेको नेतृत्वमा समूह मैदानमा थियो । संघमा गैरे समूहले विजयी हासिल गरेपछि नेकपा निकटका उम्मेदवारहरूलाई झट्का लागेको छ ।

गैरे समूहबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल, कोषाध्यक्षमा ईन्दिरा गुरुङले फोरमको तर्फबाट उम्मेदवार बनेका थिए ।

सदस्यहरूमा कर्णराज कटुवाल, दिनेशकुमार राय ‘राहुल’, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर ‘नरेन्द्र’, केशवराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेल उम्मेदवार बनेका थिए ।

संघमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटबाट सरोज पोखरेलको नेतृत्वमा टिम खडा गरिएको थियो ।

Published : Wednesday, 2019 September 25, 6:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया