दाङमा ओली सरकारविरुद्ध शानदार प्रदर्शन, गाउँबाट आए रहर लाग्ने जनता
घोराही । नेपाली कांग्रेस दाङले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको भ्रष्टाचारमा डुबेको आरोप लगाएको छ ।
दाङको घोराहीमा मंगलबार नेपाली कांगे्रसले कम्युनिस्ट सरकार विरुद्ध प्रदर्शन गरेको हो । दाङ कांग्रेसले दोश्रो चरणको हिमाल–पहाड–तराई–मधेस जागरण अभियानको समापन कार्यक्रमलाई सरकारविरुद्धको प्रदर्शनमा केन्द्रित बनाएको थियो ।
दाङ कांग्रेसको विरोध सभामा बोल्ने नेताहरूले सरकारले राज्य आतंक मच्चाएको, दण्डहीनता मौलाएको, सरकार नै भ्रष्टाचारलाई संस्थागत गर्न उद्यत रहेको, किसानहरूको समस्या समाधानमा उदासीन रहेको आरोप लगाए ।
असंलग्न परराष्ट्र नीति विपरित चीनतर्फ रुझान राख्दै असंलग्न परराष्ट्र नीतिको धज्जी उडाएको बताएका दाङ कांग्रेसका नेताहरूले निर्मला पन्त प्रकरणका दोषीलाई संरक्षण गरेको बताए ।
उनीहरूले चर्को कर वृद्धि गरी गरिब जनताका ढाड सेक्ने काम गरेको भन्दै गुण्डागर्दीलाई प्रसय दिएको लगायतका आरोप लगाएका थिए । सरकारविरुद्ध चर्का नारावाजीसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले घोराही बजारमा प्रदर्शन गरेको जनाइएको छ ।
शक्ति प्रदर्शन तथा सरकारको बिरोध नाम दिइएको बिरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाइमन्त्री दीपक गिरीले जनताको पक्षमा फेरिपनि सशक्त आन्दोलन गर्न तयार रहेको बताए ।
सरकार भ्रष्टाचारको दलदलमा फसिसकेको नेता गिरीले आरोप लगाए । ‘काठमाडौं जस्तो संघीय राजधानीमा समेत डेंगु नियन्त्रण गर्न नसक्नु सरकार नागरिकप्रति उत्तरदायी बन्न सकेको छैन’, उनले भने ।
विरोध सभामा राष्ट्रिय सभाकी सदस्य अनिता देवकोटाले कृषि प्रधान देशमा सरकारले कुखुरा र अण्डामा समेत कर लगाएको ‘सानालाई करको भारी र ठूलालाई कर छुट’भन्दै सरकारलाई भ्रष्टाचारको नमूना भएको आरोप लगाइन् ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले मानवअधिकार सम्बन्धी, मिडिया काउन्सिल विधेयक, गुठी विद्येयक जस्ता जन विरोधी तथा सत्ताकब्जा गर्नै अभिप्रायबाट ल्याएको भन्दै अधिनायकवादी सरकारको बिरोधमा सबै लाग्नुपर्ने देवकोटाले बताइन् ।
श्रोत र साधनमा कसरी कब्जा गर्न सकिन्छ ? भन्ने ध्याउन्नमा सरकार रहनु दुःखद् भएको देवकोटाको दाबी छ ।
नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्वसांसद राजु खनाल, पूर्वसांसद योगेन्द्र चौधरी, पूर्वसांसद कृष्णकिशोर घिमिरे, केन्द्रीय प्रतिनिधि मोहन बरालले सरकार संविधानको मर्मविपरित बर्तमान सरकार चलेको आरोप लगाएका थिए ।

प्रदेशसभा सदस्य सुरेन्द्र हमाल, केन्द्रीय प्रतिनिधि ध्रुवराज पुरी, प्रदेशसभा सदस्य भुबनेश्वर चौधरी, केन्द्रीय प्रतिनिधि उमा दाहाल, केन्द्रीय प्रतिनिधि सुशीला शाहीलगायतले वर्तमान सरकारले जनतालाई सुशासन र समृद्धिको कुरा गरेर देशलाई कव्जा गर्न खोजेको आरोप लगाए ।
नेपाल विद्याथी संघ दाङका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण कांग्रेस जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया