संघमा विष्णु गैरे समूहलाई जिताउन कांग्रेसको अपील, खचाखच भरियो हल
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वैदेशिक रोजगार व्यवसायीसहित निजी क्षेत्रको सुरक्षाका लागि नेपाली कांग्रेसले बचाउ गर्ने बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिका लागि नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमबाट उम्मेदवार बनेकाहरूको अन्तिम चुनावी कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै खाँणले विष्णु गैरे नेतृत्वको लोकतान्त्रिक समूहलाई विजयी बनाउन अपील गरे ।

‘वैदेशिक रोजगारीको व्यवसायलाई बचाउन पनि विष्णु गैरे नेतृत्वको समूहलाई विजयी बनाउन अपील गर्दछु’, उनले भने, ‘यस पटक लोकतान्त्रिक समूह एक ढिक्का बनेर आएको छ । हाम्रो अनुकूल अवस्थामा पराजित हुनु हुँदैन ।’
प्रमुख सचेतक खाँणले वैदेशिक रोजगार व्यवसायीहरूले मुलुकको रेमिटेन्समा ठूलो योगदान गरेको बताएका छन् ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई अन्याय गरेको उनले बताए ।

संसारमा कम्युनिस्टहरू निरंकुश हुने गरेको भन्दै खाँणले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवसायीहरूलाई दुःख दिएर हैरान बनाएको बताए ।
उनले कम्युनिस्ट सरकारले व्यवसायीहरूलाई दिएको दुःखका बारेमा नेपाली कांग्रेस जानकार रहेको भन्दै अबका दिनमा यस्ता हर्कत नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
वैदेशिक रोजगारी व्यवसायीलाई कमजोर बनाउन खोजियो भने नेपाली कांग्रेसले प्रतिवाद गर्ने प्रमुख सचेतक खाँणले चेतावनी दिए । उनले वैदेशिक रोजगारीलाई मर्यादित बनाउन विशेष पहल गर्ने बताए ।
आफ्नो व्यवसाय गरेर मुलुकलाई ठूलो राजश्व तिर्दै आएका वैदेशिक रोजगार व्यवसायीहरूलाई लगानीको वातावरण बनाउनुको साटो दुईतिहाइको कम्युनिस्ट सरकारले धरौटी लगायतका विषयमा अन्याय गरेको बताए । उनले वैदेशिक रोजगार व्यवसायी र कामदारहरूको हकहितका लागि नेपाली सधै सचेत रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखक, वरिष्ठ व्यवसायी किरण किशोर घिमिरे, विमल ढकाल, तारानाथ ढकाल, प्रज्ञान न्यौपानेसहितका व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौंको अनुपम फुडल्याण्डमा भएको अन्तिम चुनावी कार्यक्रममा धारणा राख्ने व्यवसायी र कांग्रेसका नेताहरूले वैदेशिक रोजगार व्यवसायीहरूको पक्षमा दुईतिहाइको सरकार र वैदेशिक रोजगार व्यवसायीहरू नरहेको बताए ।
उम्मेदवारहरूले विष्णु गैरे नेतृत्वको समूहलाई जिताएर व्यवसायीहरूका पक्षमा काम गर्न पनि मतदान गर्नुपर्ने बताए ।
अनुपम फुडल्याण्डमा भएको कार्यक्रममा हल खचाखच भरिएको थियो । अन्य दिनको तुलनामा सोमबारको कार्यक्रममा उल्लेख्य रुपमा व्यवसायीहरूको सहभागिता रहेको फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले जानकारी दिए ।
वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि मंगलबार काठमाडौंमा मतदान हुँदै छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि सरोज पोखरेलको नेतृत्वमा प्रगतिशील समूहलाई खडा गरेको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया