देउवाले उपहार लिन मानेनन्, आफैले सामान खरिद गरी बिल तिरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको एक्स्पोको अवलोकन गरेका छन् ।

एक्स्पोमा सहभागी भएर सभपाति देउवाले व्यवसायीहरूको मनोबल उठाउन आफैले सामान खरिद समेत गरेका छन् । देउवा शनिबार भृकुटीमण्डपमा पुगेर अबलोकन र किनमेल गरेका हुन् ।

नेपाल धागो उद्योग संघले आयोजना गरेको मेला तथा ठूलो चौरमा ४ वटा प्रतिष्ठित जुत्ता चप्पल कम्पनीले गरेको प्रदर्शनीमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले आफ्ना लागि किनमेल गरेका हुन् ।

व्यवसायीहरूले कम आय भएका सर्वसाधारणहरूलाई लक्षित गरेर दशैँ र तिहाइ जस्ता चाढपर्व आएका बेला मेला लगाएका छन् ।

नेपालमा बनेका कपडा तथा जुत्ता चप्पलको बजार प्रबर्द्धन गर्न आयोजना गरिएको मेलामा पुगेका देउवाले आफ्ना लागि जुत्ता, दौरासुरुवाल लगायतका कपडा किनेको व्यवसायीहरूले बताएका छन् ।

नेपालमा बनेका कपडा तथा जुत्ताहरुको मेला चासोपूर्वक अवलोकन र किनमेल गर्दा व्यवसायीहरू उत्साहित बनेका थिए ।

व्यवसायीहरूले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिएर उपभोग गर्न प्रेरित गर्नु सभापति देउवालाई आग्रह गरेका छन् ।

कम्युनिस्टहरूले जस्तो ढोँगी व्यवहार सभापति देउवाले मेलामा देखाएनन् । बरु देउवाले मेलामा अवलोकन गरेर किनमेल गरेपछि प्रशंसा भएको छ ।

अवलोकनका क्रममा देउवालाई केही व्यवसायीहरूले आ–आफ्ना कम्पनीको कपडा उपहार पनि दिएका थिए । व्यवसायीहरूले निःशुल्क रुपमा दिएको कपडा र उपहारहरू सभापति देउवाले अस्वीकार गरेको एकजना व्यवसायीले बताए ।

‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाज्यूलाई कपडा र हाम्रा उत्पादनहरू निःशुल्क दिएका थियौँ’, एकजना व्यवसायीले भने, ‘उहाँले आफै पैसा तिरेर सामान किन्नुभयो ।’

सभापति देउवाले छनौट गरेका दौरा सुरुवालको कपडाहरू प्याकिङ गरेर बिलसहित घर पठाइदिन व्यवसायीहरूलाई स्टलमै सबैले सुन्ने गरी भनेका थिए ।

सभापति देउवाले कतै सर्ट छाने, कतै स्वीटर लिएका थिए । १२ हजार पर्ने एउटा स्वीटर लिएका देउवालाई एकजना शुभेच्छुक व्यवसायीले भने, ‘यो भाउजुको लागि राम्रो हुन्छ ।’ सोही बेला देउवाले तत्काल जवाफ दिए, ‘आरजु आफैले छानेर लिन्छिन् ।’

सपिङ्गका क्रममा उनले धागो तथा कपडाको प्याभिलियनमा नेपाल मै उत्पादित दौरासुरुवाल, सट पाइन्ट, सुइटरको सपिङ सकेका थिए ।

भृकुटीमण्डपको चौरमा जुत्ता चप्पलको मेलामा पुगेर सभापति देउवाले जुत्ता पनि हेरेका थिए । देउवाले व्यवसायीहरूको मनोबल उठाइदिन शिखर, विएफ डीएरहील, रन र शुल्याण्डका जुत्ता खरिद गरेका थिए ।

Published : Sunday, 2019 September 22, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया