देउवाकाे मजाक उडाउँदै राष्ट्रपति भण्डारी खित्का छाडेर हाँसिन्
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक रुपमा देउवाले बोलेको कुरा बुझिएन भन्दै व्यंग्य गरेकी छिन् ।
काठमाडौंमा शुक्रबार संविधान दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा नेपाली कांग्रेस सभापति देउवालगत्तै सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले देउवालाई नै निशाना बनाएर देउवाले बोलेको कुरा नबुझिएको व्यंग्य कसेकी हुन् ।
राष्ट्रपति भण्डारीले देउवामाथि गरेको व्याङ्ग्यको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
राष्ट्रपति भण्डारीले खित्का छोडेर हाँस्दै देउवामाथि व्यंग्य हानेको प्रष्टै बुझिन्छ । ‘यो मञ्चमा यहाँ वक्ताले बोलेको केही बुझिँदो रैनछ । नेताहरूले जोस्सिएर बोल्नुभयो’, राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘फ्लोरबाट एकदम राम्रो स्वागत भयो, ताली बज्यो ।’
उनले भनिन्, ‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर…तर के बोल्नुभयो भन्ने कुरा चाहीँ मैले आम रुपमा बुझिँन् । समस्या, यो मञ्चकै समस्या लाग्यो’, उनले भनेकी छिन्, ‘कान सुनिएन, बुझिएन । पछि मिडियाहरूबाट थाहा पाइएला के के बोल्नुभयो भन्ने कुरा ।’
उनले सबै दललाई मिलेर संविधान कार्यान्वयनमा लाग्न आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भनेकी छिन छिन्, ‘संविधान कार्यान्वयनको चरणमा छ । केही प्रावधान कार्यान्वयन भइसकेका छन् । त्यसैले दलहरूले मिलेर अघि बढ्नुपर्छ ।’
उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सुशील कोइरालाले दिएको योगदानको चर्चा समेत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति देउवाले प्रतिपक्षी दलको शालीनतालाई सरकारले कमजोरीका रुपमा नलिन सरकारलाई चेतावनी दिएका थिए ।
नेपाली कांग्रेसका सभापति देउवाले जिम्मेवारपूर्ण प्रतिपक्षीको भूमिका निर्वाह गर्न खोज्दा सरकारले हेपेको भन्दै आक्रोश पोखेका थिए ।
‘संविधान प्रजातान्त्रिक र समावेशी छ । संविधान जति राम्रो भए पनि यसको प्रमुख पक्ष कार्यान्वयन हो’, देउवाले भनेका छन्, ‘कार्यान्वयन अवस्था हेर्दा संविधानको मर्म विपरीत हुने विधेयक ल्याएर लोकतन्त्रमाथि नै चुनौती थप्ने काम भइरहेको छ, हामीले रेलिङ भाँचेका छैनौं । कुर्सी तोडेका छैनौं । केही गरेन भनेर हामीलाई हेप्ने ?’
राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा भुलेर नेपाली कांग्रेसका सभापति देउवाले बोलेको कुरालाई मजाक बनाएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
सभापति देउवाले बोलेको कुरा अन्य नेताहरूको तुलनामा प्रष्ट बुझिदैन । तर, देउवाले बोलेको कुरालाई मजाक बनाइएको विषयले राष्ट्रपति भण्डारीको धेरैले आलोचना गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया