कम्युनिस्ट सरकारकाे हर्कतले मत दिएका जनताकाे चेत एक वर्षमै खुल्याेः विश्वप्रकाश शर्मा
झापा । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले चार जना कम्युनिस्ट प्रधानमन्त्रीले लेख्न नसकेको संविधान नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लेखेर जारी गरेको बताएका छन् ।
झापाको क्षेत्र नम्बर १ मा शुक्रबार आयोजित दोस्रो राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले सुशील कोइरालाको बोली नबुझिएपनि संविधान बनाएको कर्म बुझिएको बताए ।
‘चार वटा प्रधानमन्त्रीले बनाउन नसकेको संविधान सुशील कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले बनायो’, उनले भने, ‘यो संविधानलाई सहि ढंगले कार्यान्वयन गर्नुपर्छ ।’
नेपाली कांग्रेसले ०७४ सालको निर्वाचन हारेर ठीक भएको उनले बताए । ‘नेपाली कांग्रेसले जितेको भए सधैँ कम्युनिस्ट सरकार आउनेछ भनेर जनता बसिरहन्थे’, शर्माले भने, ‘कम्युनिस्टहरूले दुईतिहाइको सरकार बनेको छ । यो सरकारबाट नेपाली जनताले एक वर्षमा चेत खुलेको छ । कम्युनिस्टहरूले केही गर्न सक्दैन भन्ने सबैले बुझेका छन् ।’
नेपाली कांग्रेसमा रुपान्तरण आएको उनले बताए । जागरणसँगै पार्टीलाई ठूलो सहयोग मिलेको शर्माले बताएका छन् ।
प्रवक्ता शर्माले लचकता राखेर संविधान संशोधन गरेर सबैको भावना समेट्ने संविधान पनि बनाउने दायित्व रहेको बताए ।
सरकारमा बस्नेले संविधानको कार्यान्वयन गर्नेपर्ने शर्माले बताएका छन् । ‘संविधान लोकतान्त्रिक बनाउने तर, पञ्चायती शैली अपनाउने हो भने संविधान कार्यान्वयन हुँदैन’, उनले भनेका छन्, ‘मेरो राष्ट्रपति जाँदै गर्दा बाटो छेकिन्छ भने त्यो संविधान कार्यान्वयन भएको मानिदैन । राष्ट्रपति र राजामा कुनै फरक हुँदैन भने संविधान कार्यान्वयन भएको मानिदैन ।’
नेपाली कांग्रेस निर्वाचनमा हारेकै हो भनेर बताएका प्रवक्ता शर्माले केपी ओलीसँग जनताले धेरैले अपेक्षा गरेका बताए । ‘जनता दुई वर्षभित्र किन निरासा भए खोज्नुपर्ने बेला आएको छ । निरासा कोसँग हो खोज्नुपर्नेछ’, उनले भनेका छन् ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यो संविधान सफल बनाउन सकिएन भने राजातिरै फर्कने हो ? हामी त्यता पनि जान सक्दैनौँ । पञ्चायत, तानाशाह र निरंकुशतातिर जान सकिदैन’, उनले भने, ‘कुनैपनि भिषा नलाग्ने डेमोक्रेसीभन्दा अर्को बाटोमा जान सकिदैन । योभन्दा बाहिर जाने बाटो छैन ।’
संविधान जारी गर्ने बेला दिल्लीबाट उडेर आएको दूतले नरेन्द्र मोदीको सन्देश सुनाएर सुशील कोइरालालाई संविधान जारी गर्न रोक्न खोजेको भन्दै प्रवक्ता शर्माले भने, ‘सुशील कोइरालाले कसैको कुरा सुन्दिन भन्नुभयो । दिल्ली र बेइजिङले भनेको सुन्दिन भनेर असोज ३ गते संविधान जारी गर्नुभयो ।’
नेपाली कांग्रेसका प्रवक्ता शर्माले आफू झापा जिल्लाबाटै निर्वाचन लड्ने बताए । ‘मलाई धेरै साथीहरूले झापा जिल्ला छाडेर गयो भनेर भन्नुभयो । म झापा छाडेर गएको होइन ।
पार्टीको प्रवक्ताका कारण काठमाडौं गएको हुँ’, उनले भने, ‘म कुनैपनि जिल्लाबाट निर्वाचन लड्दैन । झापाबाटै लड्ने छु । मेरो निधन भयो भने झापामै ल्याएर अन्तिम दाहासंस्कार गर्नुहोला भनेको छु ।’
नेपाली कांग्रेसको पालामा देशमा धेरै विकास भएको बताएका प्रवक्ता शर्माले भने, ‘कांग्रेसको पालामा उद्योगहरू बेचेकै हो । किन भने कांग्रेसले जुत्ता कारखाना, चुरोट कारखाना बेचेपछि निजी क्षेत्रले आफै जुत्ता बनायो । जुत्ता कारखाना भएको ठाउँमा जुत्ता सिलाइदैन । मान्छेको प्वाल परेको मुटु सिलाउने काम हुन्छ ।’
कम्युनिस्टहरूले जहिले पनि ठूला–ठूला कुरा गर्ने तर कार्यान्वयन नगर्ने कार्यको प्रवक्ता शर्माले बताए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको दुरुपयोग भएको उनले बताए । कांग्रेसकै कारण बैंक, मोबाइल, टेलिभिजन, एफएम रेडियो, अस्पताल खुलेको उनले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया