देउवाले कम्युनिस्ट सरकारलाई खुल्याए, एक-एककाे भण्डाफाेर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावना विपरीत काम गर्न थालेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्यको पूर्वसन्ध्यामा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार गठन भएको डेढ वर्ष बितिसक्दा समेत संविधानप्रति अपनत्व र सर्वस्वीकार्यता गर्ने कार्यमा सरकार असफल भएको बताए ।

‘तीनै तहको निर्वान गरेर संविधान कार्यान्वयनमा आएको थियो’, उनले भने, ‘संविधान विपरीत न्यापालिकामाथि हस्तक्षेप गर्ने काम सरकारबाट भएको छ ।’

सभापति देउवाले सरकार मानवअधिकार आयोग जस्तो स्वतन्त्र निकायमाथि समेत नियन्त्रण गर्ने काममा लागिपरेको बताएका छन् ।

‘संविधानले तीन वटै तहबीच अधिकार बाँडफाँडको कुरा उल्लेख छ’, उनले भनेका छन्, ‘यो सरकारले त्यसमा पनि चुकेको छ ।’

इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार घटनाको प्रकरण यो सरकारको पालीमा भएको देउवाले बताए ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकार असफल भएको बताउँदै देउवाले भने, ‘संविधान विपरीत प्रेसलाई नियन्त्रण गर्ने, वैदेशिक निति, बलात्कारका घटनाहरुमा पीडितलाई न्याय दिने जस्ता कार्यमा असफल भएको छ ।’

Published : Thursday, 2019 September 19, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया