विश्वप्रकाशले टिप्ससहित थपिदिए देशभरिका कार्यकर्तामा उर्जा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण मंगलबारदेखि प्रारम्भ हुन थालेको भन्दै शुभकामना दिएका छन् ।
प्रवक्ता शर्माले मंगलबार साँझ विज्ञप्ति जारी गरेर नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गते मंगलबार देशव्यापी रूपमा एकसाथ प्रारम्भ हुन लागेको भन्दै भव्यताका साथ कार्यक्रमको शुरुवात गर्न शुभकामना दिएका हुन् ।
‘वीपी कोइरालाको १०६औं जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा (समग्रमा ३४९८०) देशभरि रोपेर अभियान उद्घाटन गरिंदैछ’, प्रवक्ता शर्माले भनेका छन्, ‘मुलतः प्रदेशशभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि तोकिनु भएका ३३० प्रतिनिधिहरू कोही आज साँझ र कोही भोलि बिहान आफ्नो जिम्मेवारीको क्षेत्रमा पुग्दै हुनुन्छ ।’
‘जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम आदि हुनेछन्’, शर्माले भनेका छन्, ‘अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका अग्रजहरू, शहीद परिवारहरू, द्वन्द्वकालका घाइतेहरू एवं विभिन्न आन्दोलनका घाइतेहरूको घरमै पुगेर अवस्था बुझ्ने र देश र कांग्रेसका लागि सल्लाह सुझावहरू लिनुहुनेछ ।’
‘१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ५ मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ’, प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन् ।
‘स्वदेश र विदेशमा रहेका सम्पूर्ण साथीहरूलाई उत्साह पूर्वक जागरण अभियानमा सरिक हुन आह्वान गर्दछु’, उनले भनेका छन्, ‘सबै नेपाली दिदिबहिनी दाजुभाईमा नेपाली कांग्रेस अभियान सफलताका लागि शुभेच्छा र साथको हार्दिक अपील गर्दछ ।’
नेपाली कांग्रेसले मंगलबारदेखि वृक्षारोपण गरेर एक साथ देशैभरि कम्युनिस्ट सरकारविरुद्ध दोस्रो चरणको अभियान चलाउँदै छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया