ओली सरकार हरेक क्षेत्रमा असफलः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल भएको भन्दै जनतामा चरम निराशा पैदा भएको जनाएको छ ।
ललितपुरको सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री डा.प्रकाश शरण महतले सरकारमा देखिएको निरासा रवि लामिछानेको प्रदर्शनमा देखिएको बताए ।
उनले सरकारबाट जनताले अपेक्षा गरिएअनुसारको काम नभएपछि जनतामा विष्फोट हुने अवस्था सिर्जना भएको बताए ।
सहमहामन्त्री डा.महतले वाइडबडी, बालुवाटारको सरकारी जग्गा, एनसेल प्रकरण लगायतका विषयमा छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरे । डा.महतले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।
प्रधानमन्त्री केपी ओलीले नै भ्रष्टाचार गर्ने र सरकारी जग्गा हड्प्नेलाई संरक्षण गरेको उनले आरोप लगाए । वर्तमान सरकारले कामभन्दा पनि गफ धेरै गर्ने गरेको बताए ।
नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान शुरु गर्न लागेको भन्दै डा.महतले पहिलो चरणमा भएका सामान्य गल्ती र कमजोरीलाई यस पटक नदोहोर्याइने बताए । उनले अब नेपाली कांग्रेस जनताको घरघरमा पुगेर संगठन सुदृढीकरण गर्ने बताए ।
नेपाली कांग्रेसका भ्रातृ संगठनहरूको महाधिवेशन छ महिनाभित्र गर्ने उनले बताए । छ महिनाभित्र महाधिवेशन गर्नका लागि सोही अनुसारको संरचना तयार बनाइएको डा.महतले उल्लेख गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया