भदौ २० गते भक्तपुरमा प्रशिक्षण, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा यही भदौ २० र २१ गते प्रदेश ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रम भक्तपुरमा सञ्चालन गरिने भएको छ ।

प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गरेर प्रदेश ३ मा दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्वनिर्णय अनुसार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा प्रशिक्षण हुन लागेको हो ।

मध्यपुर ठिमी नगरपालिका ९, बोडेस्थित कृषि विकास वैंकको तालिम केन्द्रमा प्रशिक्षण कार्यक्रम हुनेछ ।

भदौ २० गते बिहान ८ देखि १० बजेसम्म सहभागीहरूले नाम दर्ता गर्नुपर्नेछ ।

त्यसपछि बिहान १० बजे द्योबु, बोडेमा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश ३ को भक्तपुरमा आयोजित प्रशिक्षणमा १३ जिल्लामध्ये सात जिल्लाहरू काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिहरू मात्र सहभागी हुनेछन् ।

प्रदेश ३ का बाँकी ६ जिल्लाहरू रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरूका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रम आयोजन गरिनेछ ।

प्रदेश १ को धनकुटा र मोरड, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरूका लागि केही समय पछि प्रशिक्षण मिति तय गरिनेछ ।

Published : Tuesday, 2019 September 3, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया