कम्युनिस्ट सरकारले रविलाई फसायोः कांग्रेस नेता शाह

चन्द्रौटा । नेपाली कांगे्रस यवा नेता तथा प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले दुईतिहाइको कम्युनिस्ट सरकारले सञ्चारकर्मी रवि लामिछानेलाई षड्यन्त्रपूर्वक फसाएको आरोप लगाएका छन् ।

कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिाकालाई बिहीबार खुला दिशामुक्त घोषण गर्ने कार्यक्रमलाई सम्बोन्धन गर्दै सांसद शाहले सरकारले प्रेसमाथि नै ठाडो हस्तक्षेप गरेको आरोप लगाए । ‘सरकारले सबै क्षेत्रलाई आफ्नो बसमा बनाइ सकेको छ’, उनले भने, ‘प्रेसलाई नियन्त्रण गर्न मात्रै बाँकी थियो । प्रेसलाई नियन्त्रण गर्ने कार्य हुँदै छ ।’

अधिनायकवादी चरित्रअनुसार दुईतिहाइको कम्युनिस्ट सरकारले सञ्चारकर्मी रवि लामिछानेलाई फसाउन खोजिएको बताए ।

सांसद शाहले अन्यायमा परेका सर्वसाधारणको सहयोगी र भ्रष्टाचारीहरूको पर्दाफास गरेकाले वर्तमान सरकारलाई रवि लामिछाने मन नपरेको बताए । सोही कारण रवि लामिछानेलाई सिद्धाउने खेलमा सरकार लागेको उनले बताए ।

रवि लामिछानेको समर्थनमा चितवनवासीले शुरु गरेको आन्दोलनप्रति उनले समर्थन जनाए । उनले भने, ‘कम्युनिस्ट सरकारले रवि लामिछानेमाथि गरेको अन्यायको विरोधमा कपिलवस्तुका जनता छन् । हाम्रो साथ रवि लामिछानेलाई छ ।’

नेपाली कांग्रेसका सांसद शाहले दुईतिहाईको वर्तमान सरकारले जनबिरोधी काम गरिरहेका बताएका छन् ।

विभिन्न नाममा जनतालाई पीडित गर्ने किसिमले सरकारले एकपछि अर्को काम गरेको उनले आरोप लगाए ।

उनले यही अवस्थामा चुनाव गराइए दुईतिहाईको कम्युनिस्ट सरकारले ८ सीट पनि ल्याउन गाह्रो हुने चेतावनी दिए ।

सरकारले विभिन्न नाममा भारतसंग रहेको रोटी र बेटीको सम्बन्धलाई पनि असर हुने काम गरेको भन्दै सांसद शाहले आपत्ति जनाए ।

‘कहिले तरकारी र फलफूल, कहिले भारतीय गाडीको सुबिधाको नाममा यो सम्बन्धलाई तोड्न खोजिएको छ’, उनले भने, ‘यो कार्यलाई जनताले नियाली रहेका छन् । नेपाल–भारतबीचको सम्बन्ध विगार्न हुँदैन ।’

कृषिमन्त्री गृहजिल्ला कपिलवस्तुको भएपनि अहिलेसम्म मलखाद उपलब्ध गराउन नसकेको सांसद शाहले आरोप लगाए । उनले भारतबाट किसानले एक बोरा मलखाद ल्याउँदा सरकारले दुःख दिएको भन्दै आक्रोश जनाए ।

Published : Thursday, 2019 August 22, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया