रवि लामिछानेलाई बचाउन हिँडेका अध्यक्षले बल्ल कुरा बुझे

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको जनाएका छन् ।

घिमिरेले सोमबार विज्ञप्ति जारी गरी छानविन कार्यलाई नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन लागेको महसुस भएकाले सोमबारदेखि अध्यक्षको भूमिकामा नरहने व्यहोरा सबैमा जानकारी गराएका हुन् ।

‘स्वतन्त्र छानविन र निष्पक्ष न्यायको लागि शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा हाम्रो समितिको नामबाट हुने कार्यक्रममा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्र माथि नै प्रहार हुने गरी कार्यक्रमलाई प्रभावित हुने गरी भड्काउन खोजियो,’ घिमिरेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

लामिछानेको समर्थनमा चितवनमा भएका प्रदर्शनहरू अराजकतातिर जान थालेपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

प्रहरीले आरोपी ठानेका लामिछानेसहित ३ जनालाई हिरासतमा राखेर चितवन प्रहरीले शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्दै आएको छ ।

Published : Monday, 2019 August 19, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया