रेणु दाहालको कार्यले चितवनमै आलोचित

भरतपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले राउटेहरूलाई दशैँ खर्च भनेर २५ हजार रुपियाँ नगद दिएकी छिन् ।

दशैं खर्च जुटाउन भन्दै राउटेहरू सुर्खेत जिल्लाबाट भरतपुर आएका हुन् । रेणुले बुधबार आफ्नै कार्यकक्षमा बोलाएर राउटेहरूलाई पैसा दिएको उनको सचिवालय प्रमुख गोपाल न्यौपानेले जानकारी दिएका छन् ।

रेणुसँग राउटेका मुखिया भद्रबहादुर शाही, दलबहादुर शाही, बलाल शाहीसहितका राउटेले भेट गरेर रकम लिएका हुन् ।

रेणुले राउटेहरूलाई ढाका टोपीसगैँ चप्पल बिहीन भएकालाई चप्पल दिएर बिदाइ गरेकी थिइन् ।

मेयर रेणुले राउटेहरूलाई सहयोग गरेको सम्म ठीक छ । मानवीय हिसावले गरिव जनतालाई आर्थिक सहयोग गर्नु जायज हो ।

तर, मेयर रेणको महानगरपालिकाभित्र लोपोन्मुख चेपाङ समुदाय पनि छन् । चितनव जिल्लामा बसोबास गर्ने ती चेपाङहरूको उत्थान र संरक्षणमा के गरिन् भनेर प्रश्न उब्जिएको छ ।

राउटेलाई जस्तै मेयर रेणुले चेपाङलाई आफ्नै कार्यकक्षमा ल्याएर सोही अनुसारको सत्कार गरेको देखिएको छैन । राउटेलाई जस्तै दशैँ खर्च रेणुले चेपाङहरूलाई दिएको पनि अहिलेसम्म जानकारी छैन ।

राउटेहरूलाई संरक्षण र उनीहरू जीवनयापनका लागि कर्णाली प्रदेशको जिम्मेवारी हो । कर्णाली प्रदेशको सरकारले पनि राउटेहरूको संरक्षणमा विशेष ध्यान दिएको छ ।

मेयर रेणुले अन्य जिल्लालाई भन्दा पनि आफ्नै चितवन जिल्लालाई विशेष ध्यान दिन सुझाव दिइएको छ । सस्तो लोकप्रियताका लागि प्रचण्डकी छोरी रेणुले ध्यान दिन नहुने सुझाव आएको छ ।

चेपाङ समुदायले अत्यन्तै कष्टकरण जीवन विताउँदै आएका छन् । चेपाङ र राउटेका नाममा एनजिओहरूले करोडौँ कुम्ल्याएका छन् । तर, उनीहरूको जीवनस्तर सुध्रिएको छैन । झन् उनीहरू दैनिय अवस्थामा छन् ।

Published : Thursday, 2019 August 15, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया