जम्मु र कश्मीरले नेपालमा हाइअलर्ट

काठमाडौं । भारतको जम्मु–कश्मीर प्रकरणपछि नेपालमा सुरक्षा संयन्त्रलाई हाइअलर्ट राखिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई उच्च सर्तकतामा राखिएको स्रोतले जनाएको छ ।

भारतमा भएको उथलपुथलले नेपालमा अप्रिय घटना नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाइएको नेपाल प्रहरीका एकजना उच्च अधिकारीले जानकारी दिए ।

नेपाल–भारत सिमानामा पनि दुबै देशका सुरक्षाकर्मीले विशेष निगरानी समेत गरेका छन् ।

भारतमा जम्मु–कश्मीर घटनालाई लिएर भारतमा हुन सक्ने दंगा वा अन्य गतिविधिले नेपालमा प्रभाव पर्न सक्ने भन्दै नेपालका सुरक्षा निकाय उच्च सर्तकतामा बसेका हुन् ।

भारतले सोमबार जम्मु–कश्मीर र लद्दाखलाई दिदै आएको विशेषाधिकार खोसिदिएको थियो ।

कश्मीरमा अलग संविधान र झण्डा प्रयोग हुँदै आएको थियो । ती सबै विशेषाधिकार सोमबारदेखि कटौती भएको छ ।

Published : Tuesday, 2019 August 6, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया