सरकारद्वारा तीन जना एआईजीहरूको सरुवा
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरूको सरुवा गरेको छ ।
सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सशस्त्र प्रहरी बलका एआईजीहरूको सरुवा गरिएको बताए ।
सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
मानवस्रोत साधान विभागका नारायणबाबु थापालाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको बाँस्कोटाले बताए ।
मानव स्रोत साधान विभागमा रामशरण पौडेलको सरुवा भएको छ । पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
Published : Sunday, 2019 August 4, 5:59 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया