युकेमा राप्तीवासीहरू संगठित देख्दा खुसी लाग्यो: बलदेव मजगैयाँ

लण्डन । पूर्व मन्त्री तथा साहित्यकार बलदेव शर्मा मजगैयाँले नयाँ संविधान अनुसार राप्ती अञ्चल नरहे पनि बेलायतमा बस्ने राप्तीवासीहरु अझै संगठित रहेको देख्दा आफुलाई खुसी लागेको बताका छन् ।

गत शनिवार साविक राप्ती अञ्चलबाट आएर बेलायतका विभिन्न भागमा बसोबास गर्ने राप्तीवासीहरुको ग्रिष्मकालिन भेटघाटलाई सम्वोधन गर्दै उनले आगामी दिनमा पनि यसैगरी एकजुट भएर बस्न सबै राप्तीवासीहरुलाई सुझाव दिए ।

लन्डनको फेल्थममा सम्पन्न कार्यक्रममा हालै प्रमोशन भएका, नयां सन्तान जन्माएका, डिग्री हासिल गरेका समाजका सदस्य तथा परिवारजनलाई सम्मान गरिएको थियो ।

भेरी समाज युकेका अध्यक्ष गोपाल थापाले बेलायतमा आएर राप्तीवासी मित्रहरुसंग सहकार्य गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताए ।

समाजका सल्लाहकार भगीरथ योगीले बेलायतमा हुर्कीरहेको नयाँ पुस्तालाई नेपाली भाषा, भेष, संस्कृति र संस्कारबारे जानकारी दिन आवश्यक रहेको बताए।

गोर्खा सेन्टरका गोपाल तामाङले हिथ्रो विमानस्थलमा अलपत्र परेकी एक वृद्ध महिला धनसरी बुढालाई समाज र आफुले पुराएको सहयोगबारे जानकारी गराएका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष हिक्मत रोकाले समाजका गतिविधिमा सक्रियतापूर्वक सघाउने सबैलाई धन्यवाद दिएका थिए भने उपाध्यक्ष केशर रोकाले सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रमको शुरुमा हालै मेडस्टोन काउन्सिलमा काउन्सिलर पदमा निर्वाचित समाजका महासचिव दिनेश खड्कालाई स्वागत तथा अभिनन्दन गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा नेपाल बाट आएका कलाकारहरु भूमिका गिरी तथा कुमार पुनले चर्चित गीतहरू गएर दर्शकहरुलाई नचाएका थिए ।

कार्यक्रममा समाजका नानीहरुले सांस्कृतिक प्रश्तुति पनि गरेका थिए ।

Published : Saturday, 2019 August 3, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया