ललितपुर र भक्तपुरमा जुवाको अखडाबाट जुवाडेहरू पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुर र ललितपुरमा १६ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिकाको वडा नम्बर ९ ब्रम्हायणी बस्ने रामसुन्दर ग्वायाँको घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर च्यामासिंह बस्ने काभ्रे धुलिखेल नगरपालिका २ घर भएका २७ वर्षीय सुमन गिरीसहित ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाको अखडाबाट नगद ३२ हजार २ सय ८० रुपियाँ र १ बुक ताससहित उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी ललितपुर जिल्लाको गोदावरी नगरपालिका १२ ठेचो बस्ने ४७ वर्षीय राधेश्याम कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा राधेश्याम कार्कीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कार्कीको घरमा रहेको जुवाको अखडाबाट नगद ३२ हजार रुपियाँ र ३ बुक ताससहित बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

Published : Thursday, 2019 August 1, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया