पत्नी र छोरीहरूसहित प्रचण्ड विदेश उडे
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना परिवारसहित संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।
प्रचण्ड मंगलबार बिहान पत्नी सीता दाहाल, छोरीहरू रेणु दाहाल र गंगा दाहालसहित यूएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यूएईको भ्रमणमा गएको उच्च स्रोतले जनाएको छ ।
पाँच दिने यूएई भ्रमणका क्रममा अध्यक्ष प्रचण्डको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको दाबी गरिएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको पनि स्वास्थ्य परीक्षणका लागि शनिबार सिंगापुर जाने कार्यक्रम तय भएको छ ।
Published : Tuesday, 2019 July 30, 12:40 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया