एघार जिल्लाका सिडिओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका सिडिओहरू सरुवा गरेको छ ।

मन्त्रालयले सोमबार ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ ।

दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ ढकाल र पूर्वी रुकुममा वेधनिधि अधिकारीलाई सिडिओ बनाएर पठाइएको छ ।

कृष्णप्रसाद पन्थ प्यूठान, कृष्णचन्द्र पौडेल कालिकोट, पुष्पराज पौडेल मनाङ र डोरेन्द्र निरौला ताप्लेजुङको सिडिओ बनेका छन् ।

उपसचिव अनुज भण्डारी मोरङ, बद्रीनाथ गैरे नुवाकोट, तुल्सीराम पौडेल गोरखा, रामेश्वर अर्याल तनहुँ र लक्ष्मीदेवी हुमागाइँलाई काभ्रेको सहायक सिडिओ बनाएर पठाइएको छ ।

अध्यागमन विभागमा लीलाधर अधिकारी र रुद्रनाथ देवकोटालाई पठाइएको छ । लक्ष्मीप्रसाद बास्कोटा केन्द्रीय कारागार सुन्धारा र शम्भुप्रसाद रेग्मी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा भएका छन् ।

खुमकान्त आचार्य इलाका प्रशासन कार्यालय साँखु र चन्द्रबहादुर कार्की इलाका प्रशासन कार्यालय धरानमा सरुवा भएका छन् ।

Published : Tuesday, 2019 July 30, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया