कांग्रेसका सामु कम्युनिस्टहरू निरिह, भक्तपुर कांग्रेसमा खुसीकाे बहार

भक्तपुर । नेपाल बार एसोसिएसन भक्तपुरको निर्वाचनमा नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)का उम्मेदवारहरू विजयी भएका छन् ।

डिएलएका उम्मेदवारहरूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकट कानून व्यवसायीहरूको संयुक्त प्यानललाई पराजित गरेका हुन् ।

शनिबार सम्पन्न मत गणनाअनुसार डिएलएबाट अध्यक्षमा उम्मेदवार बनेका रविन्द्र प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

अध्यक्षका उम्मेदवारहरू नेकपा निकट एनएलएका रामभक्त सुवालले ४१ मत ल्याएका थिए ।

नेमकिपा निकटको कानून अध्ययन समाजका राधेश्याम सुवालाले १५ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेस निकट डिएलएका रविन्द्र प्रधानले ९५ मत प्राप्त गरी विजयी बनेको प्रमुख निर्वाचन अधिकृत गजेन्द्र शंकर तिमिलाले बताएका छन् ।

निर्वाचन समितिले दिएको मत परिणामको जानकारी अनुसार डिएलएबाट निर्वाचित अध्यक्ष रविन्द्र प्रधानले ९५, उपाध्यक्ष रामसुन्दर खाइतुले ११३, सचिवमा प्रदीप कार्कीले १०७, सहसचिवमा गीता तिमिल्सिनाले ९६, कोषाध्यक्षमा सरोजकुमार तछेँले १०१, महिला सदस्यमा राधिका गोसाईले ९७, खुला सदस्यहरूमा कृष्णभक्त श्रेष्ठले १०१, रीता खत्री कार्कीले ८७, राजाराम खत्रीले ८७, सुमन श्रेष्ठले ९५, अनिश सुवालले ९५, कल्पना कोजुले १०२ र शेषांग गिरीले ८६ मत पाएर विजयी भएका छन् ।

यसअघि काठमाडौं जिल्ला बार एसोसिएसनको निर्वाचनमा पनि नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था डिएलएको प्यानल निर्वाचित भएको थियो ।

Published : Sunday, 2019 July 28, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया