राजीव झासँग लैनचौर खुसी, चीन झन् मख्ख

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको कुरा कतैबाट लुकेको छैन ।

पछिल्लो समय भारतले नेपालको आन्तरिक मामिलामा देख्ने गरेर हस्तक्षेप गर्दैन । गरेको देखिएको पनि छैन ।

तर, भारतले नेपाली युवा र व्यक्तिहरूलाई परिचलान गरेर भारतविरोधी गतिविधि नहोस् भनेर चासो दिन थालेको छ । त्यति मात्रै होइन चीनका गतिविधि पनि लिन सुक्ष्म रुपले सक्रिय भएको छ ।

यो काममा विशेष गरेर भारतीय गुप्तचर निकाय ‘रअ’को भूमिका रहेको धेरैको भनाइ छ ।

यसैबीच भारतीय राजदूतावास लैनचौरबाट विश्वास गरिएका एक जना मधेसी मूलका युवकले धोका दिएको चर्चा छ ।

जनकपुरतिर घर भई चीनमा अध्ययन गरेर विभिन्न सामाजिक संस्थामा सक्रिय हुँदै आएका राजीव झाले धोका दिएको लैनचौरको बुझाइ छ । तर, भारतीय राजदूतावासभित्रै कार्यरत एक जना कनिष्ठ कर्मचारीका अनुसार झालाई लैनचौरकै डिजाइनमा चीनतिर पठाइएको हुन सक्छ ।

झले लैनचौरलाई धोका दिएर नेपाल–चीनसम्बन्धलाई सुमधुर बनाउन भनेर हर्कतहरू गर्दै आएको स्रोतले जनाएको छ ।

‘चाईना–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर’ नामक संस्था खोलेर झाले चीनलाई साथ दिएको रहस्य बाहिर आएको छ । झा सो संस्थाको निर्देशक समेत हुन् ।

झाले लैनचौर र भारतीय गुप्तचर संस्था ‘रअ’लाई धोका दिएको विषयमा धेरैले चर्चा गर्न समेत थालेका छन् ।

‘राजीव झाका बारेमा धेरैलाई थाहा छ । पहिला लैनचौरबाट महिनावारी पैसा बुझ्ने व्यक्तिले कसरी चीनसँग रातारात सम्बन्ध बनाए रहस्यको विषय छ’, लैनचौर निकट एक उच्च अधिकारीले भनेका छन् ।

झाले भारतसँग सीमा जोडिएको तराईका जिल्लाहरूमा चीनका जासुसहरूलाई लगेर घुमाउने गरेको आरोप छ । झाका हर्कतहरू जे भएपनि अहिले पनि लैनचौर र ‘रअ’ले उनलाई आफ्नै मान्छे ठान्छन् ।

मधेशमा पनि चिनियाँ गतिविधि सक्रिय बनाएका छन् । उनले पछिल्लो समय आफूलाई जनकपुरमा केन्द्रित बनाएर सक्रियता बढाएका छन् । झाले भारत र चीनलाई रिझाएर दोहोरो सुविधा लिन पाएकोमा उनकै साथीहरू चकित परेका छन् ।

झाले नेकपाका नेताहरू र तराईका केही व्यक्तिहरूलाई चीन घुमाउन लैजाने समेत गरेका छन् ।

धनुषा जिल्ला निवासी झा विगत वीस वर्षदेखि चीनमा बस्दै आएका छन् । चीनको सान्सी प्रान्तले झालाई नेपालका लागि ‘नागरिक दूत’ नियुक्त गरिसकेको छ ।

नेपालको आर्थिक, सामाजिक, साँस्कृतिकलगायतका क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन सियान सहरको सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत झालाई सियान प्रान्तीय सरकारको विदेशमामिला सम्बन्धी कार्यालयमार्फत नियुक्ति दिइएको भनिएको छ ।

झा उक्त पदमा नियुक्त भएसँगै सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनापनि भैसकेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग झाको निकटता रहेको छ । मुख्यमन्त्री पोखरेलले पनि चीनलाई साथ दिँदै आएको चर्चा छ । पोखरेलकी छोरी चीनमा निःशुल्क अध्ययन गर्दै आएकी छिन् ।

Published : Wednesday, 2019 July 24, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया