राप्ती गाउँपालिकामा मलको अभाव हटाउन कांग्रेसको माग
मसुरिया । दाङको देउखुरीस्थित राप्ती गाउँपालिका नेपाली कांग्रेस ईकाइले राप्ती गाउँपालिकामा मलको अभावलाई अन्त्य गरी सहज रुपमा रासायनिक मल उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति दुर्याेधन पाण्डे, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य हरि भुसाल लगायतको टोलीले आइतबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई ज्ञापन पत्र बुझाइ किसानलाई मल उपलब्ध गराउन माग गरेको हो ।
नेपाल सरकारले कृषकको आवस्यकताअनुसार मलको व्यवस्था मिलाउन नसकेको कांग्रेसको आरोप छ ।
खेतीपातीको समयमा आवस्यकता अनुसार कृषकले रासायनिक मल पाउन नसक्दा उत्पादनमा कमी आउने देखिएको भन्दै राप्ती गाउँपालिकामार्फत नेपाल सरकारलाई ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाइएको ईकाइ सभापति पाण्डेले बताएका छन् ।
ज्ञापन पत्र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालाई संयुत्त रुपमा बुझाइएको छ ।
नेपाली कांग्रेसले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन गाउँपालिकाका अध्यक्ष सुवेदीसँग पनि आग्रह गरेको छ । मानो छरेर मुरी फलाउने समयमा मलको अभावलाई अन्त्य गरी सरल र सहज तवरले मल पाउने व्यवस्था मिलाउन स्थानीय सरकार समेत लाग्नुपर्ने सभापति पाण्डेले बताए ।
ज्ञापन पत्र बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले आफूहरू कृषकले मल नपाउँदा चिन्तित रहेको बताए । उनले आवस्यकता अनुसार रासायनिक मलको उपलब्धताका लागि पहल गरिरहेको बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार हरेक नगरपालिका र गाउँपालिकाहरूमा नेपाल सरकारलाई दवाब पुग्ने गरी नगर र गाउँपालिकास्तरीय समितिले ज्ञापन पत्र बुुझाउने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य भुसालले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया