महरा र पोखरेलको जिल्लामा किसानहरूद्वारा हँगामा, सिडिओ कार्यालय घेराउ

घोराही । साउन महिनाको पहिलो हप्ता सकिन लाग्दा पनि रासायनिक मल नपाएपछि दाङ जिल्लाका किसानहरू आन्दोलित भएका छन ।

दुईतिहाइको कम्युनिस्ट सरकारले समयमा किसानलाई मलको व्यवस्था गर्न नसकेको भनेर आलोचना भइरहेका बेला दाङका किसानहरू आन्दोलित बनेका हुन । उनीहरूले दाङका प्रमुख जिल्ला अधिकारीको गाडीलाई घेराउ समेत गरेका छन ।

त्यसपछि किसानहरूले रासायनिक मल उपलब्ध गराउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा घेराउ समेत गरेका छन ।

उनीहरूले किसानलाई साउन महिनाको पहिलो हप्ता सकिन लाग्दा समेत रासायनिक मल उपलब्ध नगारएको भन्दै आक्रोश व्यक्त गरे ।

दाङ जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित कृष्णबहादुर महरा सभामुख र प्रदेश सभामा निर्वाचित शंकर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन । दुबै जना सत्तामा छन ।

उनीहरू अहिलेको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका शक्तिशाली व्यक्ति पनि हुन । शक्तिशाली हुँदा हुँदै पनि दाङमा किसानलाई मल दिन नसक्दा आलोचित बनेका छन ।

महरा र पोखरेल सत्तामा भएर पनि समयमा जिल्लामा रासायनिक मल ल्याउन नसकेको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन ।

दाङ जिल्लामा रहेका ३ वटै क्षेत्रबाट नेकपाका सांसदहरूले जितेका हुन । प्रदेशमा पनि एउटा क्षेत्रबाहेक सबै नेकपाले जितेको छ । तैपनि किसानहरूले मल नपाएर हैरानी भएको छ ।

Published : Friday, 2019 July 19, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया